जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा
निजी खेतबारीमा आए अनुमतिविनै मार्न पाइने
काठमाडाैं | मंसिर ८, २०८०
फाइल तस्बिर
सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ। बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो।
जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पुर्याउनले जंगली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जंगली बँदेल पक्रन र मार्न सकिने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।
त्यसका लागि सरकारले केही सर्त भने राखेको छ। पहिलो, निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइन्छ।
दोस्रो, पक्रिएका बँदेल सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र यसको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत दिनुपर्नेछ।
तेस्रो, धपाउने वा पक्रने क्रममा बँदेलको मृत्यु भएमा त्यस्ता बँदेललाई सम्बन्धित वडाको एक प्रतिनिधिसहित कम्तिमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का उठाइ गाड्नुपर्छ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

